श्री गुरुचरण कमलेभ्यो नम:

Latest

अवसर पर्खिनु हुँदैन,काम थालीहाल्नुपर्छ

कुनै बेला एक राजाले एउटा नयाँ कार्यको थालनी गर्नुपर्ने भयो। उनले त्यो कहिले सुरु गर्ने भन्ने यकिन गर्न सकेनन। उनले मन्त्रिको राय लिए तर त्यस रायबाट सन्तुष्ट हुन सकेनन। त्यसपछी ज्योतिषको राय लिए। प्रकाण्ड ज्योतिषले श्रेष्ठ साइत जुराइदियो तर त्यस साइतबाट पनि उनी सन्तुष्ट भएनन। त्यस पछी राजा जंगलका साधु कहाँ पुगे। साधु खेत खन्दै थिए। उनले राजाको स्वागत गरे अनी फेरी आफ्नो ध्यान खेत तर्फनै केन्द्रित गरे। साधुले आफुलाई भन्दा खेत खन्ने कामलाई महत्व दिएको देखेर राजा रुष्ट भए। खेत्मा बिउ छरेपछी साधुले अपेक्षा गरे अनुसार बर्षा भयो अनी साधुले राजाको आगमनको हेतु सोधे। यसपछी उनले अरुसित जस्तै राय मागे। साधुले भने-‘मलाई तपाईंको जिज्ञासाको बारेमा पहिलेनै थाहा थियो। त्यसको उत्तर तपाईंले पाइसक्नु भएको छ। ‘राजा केही बेर घोत्लिए र आफ्नो उत्तर खोज्न थाले। अनी उनलाई तथ्य बोध भयो। साधुले बर्षा नपर्खी बिउ रोपेका थिए। यसबाट काम गर्दै जानुपर्छ,अवसर पर्खनु हुँदैन भन्ने उनले बुझे।

स्रोत: सिद्धाश्रम

धैर्यको परिक्षा

कुनै समयमा दुई भक्त जीवनको पूर्णत्व र मोक्ष प्राप्तिको लागि भगवान बिष्णुको तपस्या गर्दै थिए। एक्जनाले निमको रुखमुनी र अर्कोले केराको रुखमुनी बसेर तपस्या गर्दै थियो। यि दुबैको इच्छा बुझ्न नारद ति भएका ठाउँमा आएर तिनिहरुलाई सोधे,दुबैले आ-आफ्नो इच्छा प्रकट गरे र नारदलाई बिष्णुकहा पुगेर मोक्ष र पूर्णत्व आफुहरुलाई कहिले प्राप्त हुन्छ भन्ने कुरा पत्तो लगाएर आफुहरुलाई त्यस्को जानकारी दिन आग्रह गरे।

दुबैको इच्छा कहिले पुराहुन्छ भन्ने जिज्ञासा लिएर उनी बिष्णुकहाँ पुगे र जिज्ञासा प्रकट गरे। बिष्णुले नारद्लाई बताए – ‘जुन तपस्वी जुन रुखको मुनी बसेको छ त्यस्का पात जती छन त्यती नै जन्मपछी त्यस्लाई मोक्ष र पूर्णता मिल्ने छ। यो सन्देश तिमीले ति तपस्वीलाई सुनाइदिनु, नारद।’
निमको रुखमुनी बसेको तपस्बी यो सन्देश सुनेर प्रसन्न भयो। ‘भगवान ज्यादै कृपालु हुनुहुन्छ। त्यसैले मैले एक न एक दिन मोक्ष प्राप्त गर्ने नै भए।’निमको रुखमुनी तपस्या गर्नेले क्रितज्ञ हुँदै भन्यो।

केही क्षण होइन,यो जन्म मात्र होइन,अरु अरु जन्म सम्म पनि गरिरहनु पर्ने तपस्याको लेठो कसले गर्न सक्छ भन्ने सोचेर अर्को चाँहीले तपस्या नै छोड्यो। पहिलो ब्यक्तिको मनमा आकांक्षा थिएन,ईस्वरको अनुग्रहको मात्र चाहना थियो। दोस्रोको मनमा छिट्टै केही पाउने आकांक्षा थियो। त्यसैले पहिलोले सफलता प्राप्त गर्‍यो,दोस्रो सफल हुन सकेन,धैर्यको अभावमा सफलता मिल्दैन।

स्रोत: सिद्धाश्रम

ध्यान गर्न आवश्यक छ

Meditation
ध्यान गर्न आवश्यक छ

मनको स्थिरिकरणलाई ध्यान भन्ने गरिन्छ। यस्मा बाह्य इन्द्रियहरुको प्रयोग हुँदैन र चित्त एकाग्र पारेर चिन्तन गर्ने गरिन्छ। कुनै एक बिषयमा मन केन्द्रित गरेर चिन्तनरत रहने प्रकृयानै ध्यान हो।
मान्छेको मन चन्चल हुन्छ। यो एक बिषयबाट अर्को बिषयतर्फ गतिशिल रहिरहन्छ। मान्छेका अनेक थरी तनाबहरु र इच्छा आकाङ्क्षा हुने गर्छन्। तिनै कुराले गर्दा मन अस्थिर रहने गर्छ। इच्छापुर्तिमा आउने अबरोध होस वा इच्छापुर्तिबाट प्राप्त हुने सन्तुष्टीले किन नहोस्,मान्छेको मनलाई चलाएमान भईरहने चित्तलाई अनुशासनमा राख्ने कला सिकाउंछ।

प्राचिन ॠषिमुनीहरुले ध्यानमा बिशेष जोड दिने गर्थे। त्यसका पछाडि अवस्य पनि कुनै अर्थ लुकेको थियो होला। त्यसैले उनिहरुले मनुष्यला पनि ध्यान गर्नका लागि उपदेश दिएका छन। हामीले उनिहरुको राम्ररी मनन गर्नु पर्छ।
मनुष्यका बिभिन्न प्रकृतिले उसको चरित्रमा धेरै दबाब पार्छन अनी मान्छे खिन्न र अप्रसन्न देखिन थाल्छ। मनुष्यका मनमा ब्यप्त द्वन्दले उस्को पाइला घरीघरी अगाडि बढाउने र पछाडि तान्ने गर्छ र कहिले बाँयां दिशातर्फ त कहिले दाँयां दिशातर्फ अग्रसर गराउने गर्छ। यस्ले गर्दा लक्ष्यमा पुग्न कठिन हुन्छ। त्यसै गरी उन्नतिको चुलितर्फ लम्कने काममा पनि अबरोध आउंछ। निरस्तकारी प्रयत्न निरन्तर चालु रहे पनि मन्लाई असफलताहरुले निराश पारीदिने गर्छन्। त्यसैले मानसिक द्वन्दलाई शमन गर्नका लागि जरुरी हुन्छ। ध्यानले शक्तीको क्षय हुनबाट जोगाउछं।

आफ्ना ब्यक्तित्त्वका बिभिन्न पाटाहरुलाई समन्वय गर्ने र शाररिक,मानसिक,बौद्धिक तथा आध्यत्मिक पक्षहरुलाई सामाञ्जस्यमा ल्याउने एक सरल उपायकै रुपमा ध्यानलाई प्रयोगमा ल्याउन सकिन्छ।

ध्यानले मनुष्यलाई अन्तर र बाह्य मनमा शान्ती अनुभव गर्न सक्षम बनाउछ। इच्छाका परस्परघाती युद्ध पनि समाप्त भएर जान्छन। मानीसमा जीवनको समग्र रुप हेर्ने क्षमता बिकसित हुँदै जान्छ। आफ्नो प्रयास निरर्थक नजाने अवस्था ल्याउन पनि ध्यान सहयोगी हुन्छ। शक्तिको अपब्यय रोकेर तथा यसलाई एकत्र गरेर कार्यमा पूर्णता ल्याउनका लागि पनि ध्यानबाटै ठोस सहयोग पुग्ने गर्छ।

द्वन्दग्रस्त मनबाट गरिएका कामहरुले बिपथगामी पारीणाम दिन्छन। शास्त्रमा बताएअनुसार मनुष्य अनन्त र असाधारण शक्तिको स्वामी हो। तर तनावले गर्दा उसले आफ्नो आंशिक शक्तीको मात्र उपयोग गर्छ। सम्पूर्ण शक्तीको उअयोग गर्न नसकेपछी असफलताले तनाब झन बढाउछ। यिनै मानसिक तनाबबाट मुक्त गराउने सरल उपायको रुपमा ध्यानलाई लिने गरिन्छ।

‘मत्वा सित्यती स मनुष्य’

अर्थात जस्ले चिन्तन र मनन गर्छ,बिचार गर्छ,विवेकपूर्ण काम गर्छ त्यो नै मनुष्य हो। ध्यानको निरन्तर अभ्यासले मनलाई समस्त इन्द्रियग्राहय वस्तुबाट हटाउन सकिन्छ। बुद्धीले मनमाथी अङ्कुश लगाउछ। मस्तिष्कका अनेक थरी बिचारहरुलाई समाप्त गरी केबल एउटा मात्र चिन्तन मनन गर्न आदेश दिएपछी मन केबल एउटै बिन्दु अर्थात सर्बब्यापी सत्तामा केन्द्रित हुन पुग्छ। यसै अवस्थालाई ध्यान भनिन्छ।

ध्यान एउटा उत्कृष्ट आध्यत्मिक साधना हो। यस साधनाको निरन्तर अभ्यास गरेपछी मन एउटै बिषयको चिन्तन गर्न योग्य बन्छ। यसै योग्यताक्को प्राप्तीपछी मन शक्ती पुञ्जको रुपमा बिकसित हुन्छ।
यस स्थितीमा पुगेपछी मनुष्यलाई संसारका क्षणिक दु:खले विक्षुब्ध पार्न सक्दैनन। सम्पन्नता र बिपन्नता तथा संयोग र बियोग उसका लागि निष्प्रभावी हुन पुग्छन। मनले सत्-चित्-आनन्दको अनुभव गर्न थालेपछी एउटा नयाँदिशा मिल्छ। नित्य ध्यानको अभ्यास गर्नाले चेतनामा भएका अन्तरभेदी द्रिष्टीबाट सारा आवरण हटेर जान्छ। अनी सबै जटिलता बाट मुक्त भएपछी मनका भय र संशय हटेर जान्छन।

ध्यानको अभाबमा दु:ख,बाधा र काठीनाइले घेरिएको र तनावग्रस्त भएको कटु अनुभव मान्छेले गर्ने गर्छ। ध्यानले मनुष्यलाई उल्लास दिलाउंछ र जीवनमा पूर्णता ल्याउछ।

ध्यानको अभ्यासको लागि केही कुरामा बिचार पुर्‍याउनुपर्ने हुन्छ वा केही प्रकृयाहरु पुर्‍याउनुपर्ने हुन्छ। तिनलाई निम्न बुदांहरुमा प्रकट गरिएको छ:

१. ध्यानका लागि पूर्व वा उत्तर दिशातिर अभिमुख भएर बस्नुपर्छ। बस्नका लागि कुश,म्रिगचर्म वा ब्यघ्रचर्मलाई उपयुक्त आसन अनुकुल मानिन्छ।

२. पहिले साधकले पुरक,कुम्भक र रेचक विधीबाट प्राणायामा गर्नुपर्छ। यसबाट मन एकाग्र हुन थाल्छ।

३. यस पछी तिनपटक ‘ॐ’ ध्वनीको उच्चारण उदात्त,अनुदात्त र स्वरक्रम विधीबाट गर्नुपर्छ।

४. अब ध्यानका लागि अनुकुल शाररिक मुद्रा अर्थात आसनमा ढाडको हाड सिधा रहने गरी बस्नुपर्छ। सुखासन,पद्मासन तथा सिद्धासनमध्ये जुन सजिलो लाग्छ त्यसैमा बस्न सकिन्छ। नुगेको ढाडको हड्डी बाधक हुन्छ भने यो सिधा हुँदां मानसिक समत्व बन्दछ भन्ने कुरा हामीले ख्याल राख्नुपर्छ।

५. आसनमा बसेउपरान्त कुनै एक बिन्दुमा दृष्‍टि केन्द्रित गर्नुपर्छ।

. यसपछी सुखपुर्बक शरीर त्याग गरी बिचार द्वारा स्थुल शरीरमा प्रबेस गर्नुपर्छ।

7. यदी मन धेरै चञ्चल छ भने,आंखा चिम्लेर कल्पना गर्नुहोस् कि तपाईं कुनै नदिमा नौकामा बसेर बिस्तारै बग्दै हुनुहुन्छ। नौका नदिका लहरमा हावाका झोक्काले तैरिदै कहिले माथि र कहिले तल गर्दैछ र शान्त भावले आफ्नो गन्तब्यतिर बग्दै छ। अनी अज्ञात आल्हादले रोमाञ्चित भएर तपाईं प्रफुल्लित हुनुहुन्छ। यसै गरेर जङ्गलमा घुमेको,पर्वतको चुलिमा बिचरण गरेको र वायु मार्गबाट उडेको कल्पना गरेर पनि ध्यान एकाग्र गर्न सकिन्छ। मनुष्यका लागि ध्यान शरीरका लागि सन्तुलित आहारजत्तिकै आवश्यक हुन्छ। मनलाई सबल र स्वस्थ चिन्तनयुक्त बनाउन पनी ध्यान अती आवश्यक हुन्छ।

Kundalini Chakra

ॐ परम तत्त्वाय नारायणाय गुरुभ्यो नम:

ॐ परम तत्त्वाय नारायणाय गुरुभ्यो नम:

Nikhil_stawan_my_siddhashram_siddhashram_sadhak

Click the image to Listen Nikhil Stawan Now!

Follow

Get every new post delivered to your Inbox.